अफगानिस्तानका जद्रान चम्कँदा न्युजिल्यान्डलाई १२५ रनको लक्ष्य

अफगानिस्तानका जद्रान चम्कँदा न्युजिल्यान्डलाई १२५ रनको लक्ष्य

अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले ७३ रन बनाए। उनले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए। गुल्बदिन नाइबले १५ र कप्तान मोहम्मद नाबीले १४ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरी अंकमा रन जोड्न सकेनन्।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथीले दुई र ईश सोधी, जेम्स निसम र एडम मिल्नेले एक-एक विकेट लिएका थिए। 
आजको खेल सेमिफाइनलमा पुग्न न्युजिल्यान्डका लागि महत्त्वपूर्ण छ। खेल जिते उ सेमिफाइनलमा पुग्छ भने अफगानिस्तान र भारत  प्रतियोगिताबाट बाहिरिनेछ ।

कात्तिक २१, २०७८ आइतबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।