भारतकाे नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको सङ्क्रमण बढ्याे

शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो। उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको छ।
गएको दुई सातामा उत्तर प्रदेशमा ७९ जनामा यो भाइरस देखिएको छ। दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताएका छन्।
जिका लामखुट्टेकाे टोकाइबाट सर्ने भाइरस हाे। यस राेगका लक्षणमा टाउकाे दुख्ने, ज्वराे आउने, मासु तथा हड्डी दुख्नेलगायत रहेका छन्।
कात्तिक २१, २०७८ आइतबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।