विश्वकपमा आज दुई खेल: भारतकाे भाग्य अफगानिस्तानमा निर्भर

न्युजिल्याण्ड र अफगानिस्तानबीचकाे खेल दिउँसाे ३:४५ बाट सुरु हुनेछ। यस्तै पाकिस्तान र स्कटल्याण्डबीचकाे खेल साँझ ७:४५ बाट सुरु हुनेछ।
आज हुने न्युजिल्याण्ड र अफगानिस्तानबीचकाे खेल निकै महत्त्वपूर्ण मानिएकाे छ। आजकाे खेल न्युजिल्याण्डले जिते, सोझै सेमिफाइनलमा प्रवेश गर्नेछ भने हारेमा भारत सेमिफाइनल प्रवेश गर्नेछ।
हाल न्युजिल्याण्ड अंकतालिकामा ४ खेलमा ३ जित र १ हारसहित दाेश्राे स्थानमा छ। भारत ४ खेलमा २ जित र २ हारसहित तेश्राे स्थानमा छ।
पाकिस्तानका लागि आजकाे खेल औपचारिकता मात्र हुनेछ। यसअघि नै समूह विजेता बन्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेकाे छ।
कात्तिक २१, २०७८ आइतबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।