इराकी प्रधानमन्त्रीकाे 'हत्या प्रयास', सुरक्षामा खटिएका ६ जना घाइते

इराकी प्रधानमन्त्रीकाे 'हत्या प्रयास', सुरक्षामा खटिएका ६ जना घाइते

प्रधानमन्त्री मुसतफा सुरक्षित रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्। उनीमाथि विस्फोटक पदार्थसहितकाे ड्राेनबाट हमला गरिएकाे थियाे। 

इराकी अधिकारीहरूका अनुसार प्रधानमन्त्रीका सुरक्षा टोलीका ६ जना भने घाइते भएका छन्।

हालसम्म घटनाकाे कसैले जिम्मेवारी लिएकाे छैन। यता इराकमा केही महिनाअघि सम्पन्न संसदीय चुनावमा भने उनलाई धाँधली गरेकाे आराेप लागेकाे थियाे। यस्तै शुक्रबार मात्रै प्रधानमन्त्री निवास रहेकै क्षेत्र नजिक प्रहरी र इरान समर्थक शिया युवाहरूबीच झडप भएकाे थियाे।

कात्तिक २१, २०७८ आइतबार ०९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।