इंग्ल्याण्डलाई जितेर पनि सेमिफाइनल पुगेन दक्षिण अफ्रिका

इंग्ल्याण्डलाई जितेर पनि सेमिफाइनल पुगेन दक्षिण अफ्रिका

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा इंग्ल्याण्डले पहिलाे हार व्यहाेर्याे। गए राति सम्पन्न खेलमा इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग १० रनले पराजित भएकाे हाे।

यद्यपि, दक्षिण अफ्रिका सेमिफाइनल भने पुग्न सकेन। नेट रनरेटका आधारमा दक्षिण अफ्रिका ५ खेलमा ४ जित र १ हारसहित अंकतालिकामा तेश्राे स्थानमा छ। अष्ट्रेलिया ५ खेलमा ४ जित र १ हारसहित रनरेटका आधारमा दाेश्राे स्थानमा रहँदै सेमिफाइनल पुगेकाे हाे।

समूह १ बाट इंग्ल्याण्ड समूह विजेता र अष्ट्रेलिया समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन्।

हिजाे विश्वकपमा दुई खेल भएका थिए। जसमध्ये पहिलाे खेलमा अष्ट्रेलियाले साविक विजेता वेस्ट इण्डिजलाई ८ विकेटले हराएकाे थियो। अष्ट्रेलियाका लागि डेभिड वार्नरले शानदार ८९ रनकाे पारी खेलेका थिए।

यस्तै इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचकाे खेलमा रसी भान डुसन म्यान अफ द म्याच भए। उनले शानदार ९४ रनकाे पारी खेलेका थिए।

अब सेमिफाइनलमा अष्ट्रेलियाले समूह २ काे विजेता पाकिस्तानसँग भिड्नेछ भने इंग्ल्याण्डले न्युजिल्याण्ड र भारतमध्ये एकसँग भिड्ने सम्भावना रहेकाे छ।

कात्तिक २१, २०७८ आइतबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।