प्रशिक्षक बनेर बार्सिलोना फर्कँदै जाभी

काठमाडौँ : कतारी क्लब अल सादले सहमतिपछि बार्सिलोनाका पूर्वमिडफिल्डर जाभी प्रशिक्षकको रूपमा बार्सिलोना फर्कने भएका छन्।
बार्सिलोना सङ्कटमा पर्दै गएपछि जाभी प्रशिक्षकको रूपमा क्लबमा फर्कने प्रयासमा थिए। उनले छिट्टै निर्णय गर्न अल सादलाई आग्रह गरेका थिए। यदि सादले चाहेको भए उनलाई रोक्न सक्थ्यो। तर उसले नरोकी सहमत भएपछि उनी पुरानो क्लबमा प्रशिक्षक भएर फर्कन लागेका हुन्।
क्याटलोनियन क्लब बार्सिलोनाले सामाजिक सञ्जालमा जाभीलाई शनिवार बिहान स्वागत गरिसकेको छ। गत साता रोनाल्ड कोम्यान बर्खास्तमा परेसँगै जाभी क्याम्प नाउ भित्रने चर्चा सुरु भएको थियो।
एक पटकका विश्व विजेता र दुई पटकका युरोपियन च्याम्पियनसिप विजेता जाभी सन् २०१५ मा बार्सिलोनाबाट अल साद भित्रिएका थिए भने उनले सन् २०१९ बाट सादको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए।
बार्सिलोनाबाट जाभीले सात सय ७९ खेलमा तीन सय २५ उपाधि जितेका थिए।
कात्तिक २०, २०७८ शनिबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।