स्कटल्यान्डसँगको जितपछि भारत सेमिफाइनल पुग्ने सम्भावना कति ?

स्कटल्यान्डसँगको जितपछि भारत सेमिफाइनल पुग्ने सम्भावना कति ?

एजेन्सी :  टी ट्वान्टी वर्ल्ड कपको चौथो खेलमा भारतले स्कटल्यान्डलाई ८ विकेटले हराएर रन रेटमा सुधार गरेको छ। सेमिफाइनल पुग्न सङ्घर्ष गरिरहेको भारत सुपर १२ को चौथो खेलपछि अङ्क तालिकामा तेस्रोमा पुगेको छ।

अब भारतको नजर अफगानिस्तान र न्युजिल्यान्डविचको खेलमा रहेको छ।  भारतले समूह चरणको अन्तिम खेल नामिबियासँग खेल्नेछ।

स्कटल्यान्डसँगको खेलमा भारतले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। रवीन्द्र जडेजा, मोहम्मद शमी, जसप्रीत बुमराह र रविचन्द्रन अश्विनले स्कटल्याडलाई ८५ रनमै रोके।

भारतको तर्फबाट रवीन्द्र जडेजा र मोहम्मद शमीले तीन-तीन विकेट लिए। जसप्रीत बुमराहले दुई र  रविचन्द्रन अश्विनले १ विकेट लिए।

रन रेटमा अफगानिस्तान र न्यूजील्यान्ड भन्दा अगाडि जान भारतले ४३ बलमा म्याच जित्नुपर्ने थियो। रोहित र राहुलको जोडिले ४.६ ओभरमा ७० रन जोडे। त्यसपछि विराट सूर्यकुमारले ६.३ ओभरमै लक्ष पुरा गरे। भारतले ३९ बलमा २ विकेटको क्षतिमा खेल जित्यो।

भारतीय खेलाडी केएल राहुल ले  १८ बलमा अर्थ शतक टेके। यो टी ट्वान्टी विश्वकपको सबैभन्दा छिटो लिएको अर्ध शतक हो।
सेमिफाइनलमा पुग्ने समीकरण
यो जितसँगै अब भारतीय टिमको रन रेट +१.६१९ पुगेको छ। २ खेल जितेर उसले ४ अङ्क जोडेको छ। अङ्क तालिकामा तेस्रो नम्बरमा पुगेको छ। रन रेटमा उसले पाकिस्तान,अफगानिस्तान र न्युजिल्यान्डलाई जितेको छ।

अङ्क तालिकामा भने पाकिस्तान चार खेल जितेर ८ अङ्क पाएको छ। रन रेट +१.०६५ छ। न्युजिल्यान्ड चार खेलमा ६ अङ्क सहित दोस्रो स्थानमा छ। रन रेट +१.२७७ छ। भारत तेस्रोमा छ। अफगानिस्तान चार अङ्क र +१.४८१ रन रेट सहित चौथो नम्बरमा छ।
अफगानिस्तानले न्युजिल्यान्डलाई हराए भारत सेमिफाइनल पुग्न सक्छ। तर अफगानिस्तानले ठुलो अन्तरले जिते उहीँ सेमिफाइनल पुग्न सक्ने छ। त्यसैले भारतीय टिमका लागि अफगानिस्ताने जित्नुपर्ने छ तर सानो अन्तरले।

नामिबियासँगको खेल भारतले जित्नुपर्ने छ त्यो पनि ठुलो अन्तरले। अनि मात्र रन रेटको आधारमा भारत सेमिफाइनल पुग्न सक्छ। 

कात्तिक २०, २०७८ शनिबार ०९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।