वेस्ट इन्डिजका ब्राभोले लिए सन्यास

काठमाडौं: वेस्ट इन्डिजका अलराउन्डर ड्वायन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ब्राभोले यस अघि नै सन्यास लिए पनि सन् २०१९ मा पुनः टिममा फर्किएका थिए ।
जारी टी-२० विश्वकपमा टिम बाहिरिएपछि उनले सन्यास घोषणा गतेका हुन्। उनी ३८ वर्षका हुन्।
ब्राभोले सात वटै विश्वकप खेलेका छन्। उनले सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजलाई उपाधि दिलाएका थिए ।
वेस्ट इन्डिजले जारी विश्वकपमा चारमध्ये केवल एक खेल मात्र जितेको छ। वेस्ट इन्डिजले अन्तिम खेल अस्ट्रेलियाविरुद्ध शनिवार खेल्नेछ ।
कात्तिक १९, २०७८ शुक्रबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।