आज विश्वकपमा दुई खेल: न्युजिल्याण्ड र भारतलाई जित आवश्यक

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदैछन्। पहिलाे खेलमा आज न्युजिल्याण्ड र नामिबिया भिड्दैछन् भने दाेश्राेमा भारत र स्कटल्याण्ड भिड्दैछन्।
न्युजिल्याण्ड र नामिबियाबीचकाे खेल आज दिउँसाे ३:४५ बाट सुरु हुनेछ। यस्तै भारत र स्कटल्याण्डबीचकाे खेल साँझ ७:४५ बाट सुरु हुनेछ।
न्युजिल्याण्ड र भारत दुवैलाई आजको खेल जित्नै पर्ने दबाब छ। दुवै टोली समूह २ बाट सेमिफाइनलकाे दाैडमा छन्।
यसअघि याे टोलीबाट पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेकाे छ। भारतले पनि अफगानिस्तानलाई फराकिलाे अन्तरले पराजित गरेसँगै सेमिफाइनलकाे दाैडमा कायमै छ। यता न्युजिल्याण्ड अंकतालिकामा ३ खेलमा २ जित र १ हारसहित तेश्राे स्थानमा छ।
कात्तिक १९, २०७८ शुक्रबार ११:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।