विश्वकपमा अष्ट्रेलिया र श्रीलंकाकाे जित

विश्वकपमा अष्ट्रेलिया र श्रीलंकाकाे जित

काठमाडाैंः विश्वकपअन्तर्गत हिजाे भएकाे खेलमा अष्ट्रेलिया र श्रीलंका विजयी भएका छन्। बङ्गलादेशविरुद्धकाे खेलमा अष्ट्रेलिया ८ विकेटले विजयी भएकाे हाे भने वेस्ट इण्डिजविरुद्ध श्रीलंका २० रनले विजयी भएकाे हाे। 

हिजाे भएकाे खेलसँगै बङ्गलादेश, वेस्ट इण्डिज र श्रीलंका प्रतियाेगिताबाट बाहिरिएका छन्। अब समूह १ बाट इंग्ल्याण्ड सेमिफाइनलमा पुग्ने निश्चित छ भने दक्षिण अफ्रिका र अष्ट्रेलियामध्ये एकले सेमिफाइनल यात्रा तय गर्नेछन्।

अष्ट्रेलियाले हिजाे पहिले टस जितेर बलिङ गर्ने निर्णय गरेकाे थियाे। बङ्गलादेशी टोली केवल १५ ओभरमा ७३ रनमै समेटिएकाे थियाे।जवाफी ब्याटिङमा आएकाे अष्ट्रेलियाले केवल ६ ओभर दुई बलमा लक्ष्य भेटाएकाे थियाे। एडम ज्याम्पाले ४ ओभरमा ५ विकेट लिएर केवल १९ रन दिए। उनकाे उत्कृष्ट बलिङले बङ्गलादेशी टोली ७३ रनमै समेटिएकाे हाे। 

यता ब्याटिङतर्फ पनि अष्ट्रेलियाका कप्तान आराेन फिन्चले २० बलमा ४० रनकाे बिस्फोटक पारी खेले। 

त्यस्तै श्रीलंकाकाे जितमा चरिथ असालंका नायक बने। उनले ४१ बलमा ६८ रनकाे शानदार पारी खेले। त्यस्तै पथुम निसंकाले पनि ४१ बलमा ५१ रनकाे पारी खेले। 

यता वेस्ट इण्डिजका सिम्राेन हिटमायरले ५४ बलमा ८१ रनकाे बिस्फाेटक पारी खेले पनि जित हासिल भने भएन। 

कात्तिक १९, २०७८ शुक्रबार ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।