जलविद्युत विक्री सम्बन्धी नियम बनाउन इपानको माग

जलविद्युत विक्री सम्बन्धी नियम बनाउन इपानको माग

काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले जलविद्युत उत्पादन गरी स्वदेश तथा विदेशमा विभिन्न माध्यमबाट विक्री वितरण गर्न आवश्यक नियम छिटो बनाउन आग्रह गरेको छ।

भारतीय बजारमा प्रतिस्पर्धी दरमा नेपालको विद्युत् विक्रीको अनुमति पाएकोप्रति खुसी व्यक्त गर्दै इपानमा अध्यक्ष कृष्णप्रसाद आचार्यले लामो प्रतीक्षापछि नेपालको निर्णय भारतले स्वीकृत गरेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा व्यापारको ढोका खुलेको बताए।

पत्रकार सम्मेलनमा उनले सरकारले व्यापारको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्ने बताएका थिए। सबैभन्दा पहिले स्वदेशमा ऊर्जा खपत गर्नुपर्ने वातावरण बनाउनुपर्ने र निर्यात गर्नुपर्ने उनले बताए।

उनले भारतमा निर्यात गर्ने ढोका खुलेसँगै बङ्गलादेशमा नेपालको विद्युत् लैजाने बाटो समेत खुलेको बताए। 

नेपाल विद्युत् प्राधिकरणले केही समय अघि अगाडि बिजुली बेच्ने विषयमा पठाएको प्रस्ताव भारतले स्वीकृत गरी गत मङ्गलवार राति १२ बजेदेखि किन्न थालेको थियो।

भारतले सुरुमा २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाटको कुल ३९ मेगावाट किन्ने  खरिद गर्न सहमति गरेको थियो।

कात्तिक १८, २०७८ बिहीबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।