विश्वकपमा आज दुई खेल: अष्ट्रेलियालाई सेमिफाइनल यात्रा कायम राख्न जित्नै पर्ने दबाब

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदैछ। आज पहिलाे खेलमा अष्ट्रेलिया र बङ्गलादेश भिड्दैछन् भने दाेश्राेमा वेस्ट इण्डिज र श्रीलंका भिड्दैछन्।
अष्ट्रेलिया र बङ्गलादेशबीचकाे खेल दिउँसाे ३:४५ बाट सुरु हुनेछ। यस्तै वेस्ट इण्डिज र श्रीलंकाबीचकाे खेल साँझ ७:४५ बाट सुरु हुनेछ।
समूह १ अन्तर्गतकाे यी टोलीहरूमध्ये हाल अष्ट्रेलिया ३ खेलमा २ जित र १ हारसहित अंकतालिकामा तेश्राे स्थानमा छ। यस्तै बङ्गलादेश ४ खेलमा ४ हारसहित प्रतियाेगिताबाट बाहिरिसकेकाे छ।
यस्तै वेस्ट इण्डिज ३ खेलमा १ जित र दुई हारसहित अन्तिमबाट दाेश्राे स्थानमा छ। यता श्रीलंका पनि ४ खेलमा १ जित र ३ हारसहित प्रतियाेगिताबाट बाहिरिसकेकाे छ।
आजकाे खेलमा अष्ट्रेलियालाई जित्नै पर्ने दबाब छ। अष्ट्रेलियाले आजकाे खेल जितेमा सेमिफाइनलकाे यात्रा सहज हुनेछ।
कात्तिक १८, २०७८ बिहीबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।