भारतकाे पहिलाे जित: सेमिफाइनल सपना जीवितै

भारतकाे पहिलाे जित: सेमिफाइनल सपना जीवितै

काठमाडाैंः भारतले जारी टी ट्वेन्टी विश्वकपमा पहिलाे जित हासिल गरेकाे छ। गए राति सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेकाे हाे। 

टस जितेर अफगानिस्तानले बलिङ राेजेपछि भारत ब्याटिङका लागि उत्रिएकाे थियाे। भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१० रन बनाएकाे थियाे। भारतका लागि राेहित शर्माले सर्वाधिक ७४ रन प्रहार गरे। उनी खेलकाे म्यान अफ द म्याच पनि भए। यस्तै केएल राहुलले ६९ रन बनाए। 

यता अफगानिस्तानका लागि करिम जनतले ४२ रन बनाए। कप्तान माेहम्मद नाबीले ३५ रन बनाए। अन्य ब्याट्सम्यान खासै चलेनन्। 

बलिङतर्फ भारतका लागि माेहम्मद शामीले सर्वाधिक ३ विकेट लिए। अफगानिस्तानका लागि करिम जनत र गुलबदिन नइबले समान १-१ विकेट लिए। 

जितसँगै भारतले सेमिफाइनल सपना जीवितै राखेकाे छ। अब अफगानिस्तानले न्युजिल्याण्डलाई हराएकाे खण्डमा भारतले सेमिफाइनल यात्रा तय गर्ने सम्भावना रहन्छ। 

हाल अंकतालिकामा शीर्ष स्थानमा रहँदै पाकिस्तान यसअघि नै सेमिफाइनलमा पुगिसकेकाे छ। दाेश्राे स्थानमा अफगानिस्तान, तेश्राेमा न्युजिल्याण्ड र चाैथाेमा भारत रहेका छन्। 

कात्तिक १८, २०७८ बिहीबार ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।