नेप्से झिनो अङ्कले बढ्यो, कारोबार ६ अर्ब ५५ करोड 

नेप्से झिनो अङ्कले बढ्यो, कारोबार ६ अर्ब ५५ करोड 

९९ लाख ९५ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँ सेयर कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ। 

तिहार बिदाका लागि बन्द भएको नेप्से बुधबार ५.२२ अङ्कले बढेको छ। परिसूचक २८४८.८४ बिन्दुमा कायम भएको छ। 

व्यापार, होटेल र पर्यटन, निर्जीवन बिमा, जीवन बिमा र लगानी उपसमूह घटेको छ। बाँकी समूहमा हरियाली छाएको छ। 

निर्जीवन बिमा उपसमूह ११३.४४, होटेल र पर्यटन ६४.०२, जीवन बिमा ५९.९७ र व्यापार उपसमूह २६.६६ अङ्कले घटेको छ। 

जलविद्युत उपसमूह २२.७९, उत्पादन २३.२, माइक्रोफाइनान्स १७.९४ र फाइनान्स १०.५७ अङ्कले बढेको छ।   

कात्तिक १७, २०७८ बुधबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।