जिएमई पे को अनुमति खारेज

जिएमई पे को अनुमति खारेज

नेपाल राष्ट्र बैङ्कले भुक्तानी तथा फर्छ्योट नियमावली २०७७’ को विनियम ३५ को (क)को व्यवस्था अनुसार कम्पनी खारेज गरेको हो। सो व्यवस्था अनुसार संस्थाले अनुमति पत्र प्राप्त गरेको मितिले ६ महिनाभित्र सेवा सञ्चालन नगरेमा अनुमति पत्र स्वतः खारेज हुने उल्लेख छ।

कम्पनीले २०७७ असोज २२ गते कारोबारको लागि अनुमति प्राप्त गरेको थियो। कम्पनीले कारोबारको लागि अनुमति पत्र प्राप्त गरेको ६ महिना बितिसक्दा पनि सेवा सुरु नगरेपछि कम्पनीले पाएको अनुमति स्वतः खारेज भएको हो।

कम्पनीले कोरोनाका कारण सेवा सञ्चालन गर्न नसकेको भन्दै तीन महिना थप समय मागेको थियो। कम्पनीको आग्रह अनुसार केन्द्रीय बैङ्कले थप ६ महिनाको समय दिए पनि उसले काम सुरु नगरेपछि बैङ्कले खारेज गर्ने निर्णय गरेको हो।

कात्तिक १७, २०७८ बुधबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।