मेगा बैङ्कका ग्राहकहरूलाई आँखाको उपचारमा छुट दिने सम्झौता 

मेगा बैङ्कका ग्राहकहरूलाई आँखाको उपचारमा छुट दिने सम्झौता 

मेगा बैङ्क नेपाल लिमिटेड र दृष्टि आई केयर सिस्टमबीच मेगा बैङ्कका ग्राहकहरूलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौता अनुसार मेगा बैङ्कका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दृष्टि आई केयरको ओपिडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परीक्षण र ल्याबमा ५÷५ प्रतिशत तथा चस्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउने बैङ्कले जानकारी दिएको छ। 

मेगा बैङ्कका ग्राहकहरूलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरूले विशेष छुट दिँदै आएका छन्।

 

कात्तिक १७, २०७८ बुधबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।