विश्वकपमा आज दुई खेल, भारत अफगानिस्तानसँग भिड्दै

विश्वकपमा आज दुई खेल, भारत अफगानिस्तानसँग भिड्दै

काठमाडाैंः विश्वकपमा आज दुई खेल हुने भएकाे छ। आजकाे पहिलाे खेलमा न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्दैछन् भने दाेश्राेमा भारत र अफगानिस्तान भिड्दैछन्। 

न्युजिल्याण्ड र स्कटल्याण्डबीचकाे खेल दिउँसाे ३:४५ बाट सुरु हुनेछ। यता भारत र अफगानिस्तानबीचकाे खेल साँझ ७:४५ बाट सुरु हुनेछ।

हालसम्म अंकतालिकामा समूह २ अन्तर्गत न्युजिल्याण्ड २ खेलमा १ जित र १ हारसहित तेश्राे स्थानमा छ। यता स्कटल्याण्ड २ खेलमा २ हारसहित अंकतालिकामा पुछारमा रहेकाे छ। 

भारत पनि हालसम्म २ खेलमा २ हारसहित पुछारबाट दाेश्राे स्थानमा छ। यता अफगानिस्तान ३ खेलमा २ जित र १ हारसहित अंकतालिकामा दाेश्राे स्थानमा छ। 

याे समूहबाट पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेकाे छ। यस्तै भारत, अफगानिस्तान र न्युजिल्याण्डमध्ये एक सेमिफाइनलमा पुग्ने सम्भावना रहेकाे छ। स्कटल्याण्ड र नामिबियालाई याे समूहकाे कमजाेर टोली मानिएकाे छ। 

कात्तिक १७, २०७८ बुधबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।