देउसी भैलाे राति ९ बजेसम्म मात्र खेल्न काठमाडाैं प्रशासनकाे आदेश

काठमाडाैंः तिहारका लागि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले विभिन्न आदेश जारी गरेकाे छ। जिल्ला प्रशासन कार्यालय काठमाडाैंले हिजाे जारी गरेकाे आदेशअनुसार देउसी भैलाेलगायतका कार्य राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।
आदेशअनुसार पूजापाठलगायतका कार्य गर्दा स्वास्थ्य मापदण्डकाे पूर्ण पालना गर्न भनिएकाे छ। मठमन्दिर तथा गुम्बालगायतका क्षेत्रमा भीडभाड नगर्न पनि प्रशासन कार्यालयले आदेश जारी गरेकाे छ।
यस्तै पटाखा, आतिसबाजीलगायतका विस्फाेटक पदार्थकाे बिक्रीवितरण र प्रयाेग नगर्न पनि आदेशमा उल्लेख छ। मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हाे हल्ला गर्ने, झैझगडा गर्ने तथा शान्ति सुरक्षामा असर पुर्याउने कुनै पनि कार्य नगर्न आदेश जारी भएकाे छ।
यस्तै जिल्ला प्रशासनले आदेशविपरीतका कार्य गरेमा कानूनबमाेजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरेकाे छ।
कात्तिक १७, २०७८ बुधबार १०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।