विश्वकप: पाकिस्तान बन्याे सेमिफाइनल पुग्ने पहिलाे टोली

विश्वकप: पाकिस्तान बन्याे सेमिफाइनल पुग्ने पहिलाे टोली

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा पाकिस्तान सेमिफाइनल पुग्ने पहिलाे टोली बनेकाे छ। गए राति भएकाे नामिबियाविरुद्धकाे खेलमा ४५ रनले विजयी भएसँगै पाकिस्तान सेमिफाइनल पुगेकाे हाे। 

टस जितेर पहिले ब्याटिङ थालेकाे पाकिस्तानले निर्धारित २० ओभरकाे खेलमा २ विकेट गुमाएर १८९ रन बनायाे। जवाफी ब्याटिङमा उत्रिएकाे नामिबियाले २० ओभरमा ५ विकेट गुमाएर केवल १४४ रन मात्र बनायाे। 

नामिबियाका लागि डेभिड वाइजी र क्रेग विलियम्सले सर्वाधिक ४३ र ४० रन बनाए। अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ पनि नामिबिया निरीह साबित भयाे। 

यता पाकिस्तानका लागि भने ब्याटिङमा माेहम्मद रिजवान र बाबर आजमले सर्वाधिक ७९ र ७० रन बनाए। तर कप्तान बाबर आजम र तेस्राे नम्बरमा ब्याटिङ गर्न आएका फखार जमान आउट भएपछि सिनियर खेलाडी माेहम्मद हफिजले इनिङ्ग्स सम्हाले। हफिज ३२ रनमा अविजित रहे। 

यस्तै हिजै भएकाे बङ्गलादेश र दक्षिण अफ्रिकाविरुद्धकाे खेलमा दक्षिण अफ्रिका विजयी भएकाे छ भने लगातार चार हारसहित बङ्गलादेश प्रतियाेगिताबाट बाहिरिएकाे छ। 

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे बङ्गलादेश १८ ओभर २ बलमा केवल ८४ रनमै समेटियाे। यता जवाफी ब्याटिङमा उत्रिएकाे दक्षिण अफ्रिकाले १३ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य भेटायाे।  

कात्तिक १७, २०७८ बुधबार ०७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।