नेप्से २३ अङ्कले बढ्यो, बैङ्किङ, व्यापार र लगानी उपसमूह घट्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर काराेबार बढेको छ। लगातार बढेर सोमबार घटेको नेप्से मंगलबार दोहोरो अङ्कले बढेको हो।
नेप्से २३.७६ अङ्कले बढेर परिसूचक २८४३.६२ बिन्दुमा कायम भएको छ। २०३ कम्पनीका ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँको कारोबार भएको छ।
बैङ्किङ, व्यापार र लगानी बाहेकका उपसमूहमा हरियाली छाएको छ। व्यापार ६९, बैङ्किङ ०.२३ र लगानी उपसमूह ०.१५ अङ्कले घटेको छ।
सबैभन्दा धेरै विकास बैङ्क १९१.३३, निर्जीवन बिमा १६४.९९ र जीवन बिमा उपसमूह १६०.८१ अङ्कले बढेको छ।
कात्तिक १६, २०७८ मंगलबार १५:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।