विश्वकपमा आज दुई खेल: पाकिस्तान लगातार चाैथाे जितकाे खाेजीमा

विश्वकपमा आज दुई खेल: पाकिस्तान लगातार चाैथाे जितकाे खाेजीमा

काठमाडाैंः टी ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदैछन्। समूह १ अन्तर्गत दक्षिण अफ्रिका र बङ्गलादेश भिड्दैछन् भने समूह २ अन्तर्गत पाकिस्तान र नामिबिया भिड्दैछन्। 

दक्षिण अफ्रिका र बङ्गलादेशबीचकाे खेल दिउँसाे ३:४५ बाट सुरु हुँदैछ। यता पाकिस्तान र नामिबियाबीचकाे साँझ ७:४५ बाट सुरु हुनेछ। 

दक्षिण अफ्रिका हाल ३ खेलमा २ जित र १ हारसहित अंकतालिकाकाे दाेश्राे स्थानमा छ। बङ्गलादेश भने ३ खेलमा ३ हारसहित अंकतालिकाकाे पुछारमा रहेकाे छ। यस्तै पाकिस्तान हाल ३ खेलमा ३ जितसहित समूह २ काे अंक तालिकामा शीर्ष स्थानमा रहेकाे छ। नामिबिया भने २ खेलमा १ जित र १ हारसहित अंकतालिकामा चाैथाे स्थानमा रहेकाे छ। 

आफ्नाे पहिलाे ३ खेलमा भारत, न्युजिल्याण्ड र अफगानिस्तानलाई हराएकाे पाकिस्तान चौथाे जितसँगै सेमिफाइनलमा पुग्ने लगभग निश्चित हुन्छ।   

कात्तिक १६, २०७८ मंगलबार १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।