काँक्रेविहार गोल्डकपको उपाधी पञ्चपुरीलाई

सुर्खेतः वीरेन्द्रनगरमा जारी काँक्रेबिहार गोल्डकपको उपाधि सुर्खेतकै पञ्चपुरीले हात पारेको छ। वीरेन्द्रनगरस्थित रंगशालामा भएको आइतबारको फाइनल खेलमा विवाद भएपछि उपाधिका लागि सोमबार पेनाल्टीमार्फत खेल भएको थियो।
पेनाल्टी सुटआउटमा वीरेन्द्रनगरलाई पञ्चपुरीले ६-५ गोलअन्तरले पराजित गरेको थियो। आइतबार खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा एक–एक गोल भएको थियो।
खेलमा विवाद भएपछि खेल स्थगित गर्दै आयोजकले एक–एक गोललाई मान्यता दिएर सोमबार चार÷चार गोल मात्रै पेनाल्टीबाट खेलाउने निर्णय गरेको थियो।
तर सुरूको चार÷चार गोल बराबरीमा रोकिएपछि थप एक–एक गोल हान्न दिइएको थियो। दुवै टीमले पाएको थप एक गोलमध्ये वीरेन्द्रनगरले गोलको सदुपयोग गर्न नसक्दा उपाधि पञ्चपुरीले जितेको हो।
उपाधिका लागि प्रथम भएको पञ्चपुरीले एक लाख तथा दोस्रो भएको वीरेन्द्रनगरले ५० हजार नगदसहित ट्रफी पाएका छन्।
कात्तिक १६, २०७८ मंगलबार ११:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।