कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

सुर्खेतः कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएकाे छ। निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजाे पदबाट राजीनामा दिएकाे घाेषणा गरेसँगै आज प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएकाे हाे। 

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा दाबी पेश गर्न प्रदेश सभा सदस्यलाई आज साँझ ७:३० सम्मकाे समय दिएका छन्।  

शाही तत्कालीन बाम गठबन्धनको समर्थनमा ०७४ फागुन ३ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेकपा विभाजनसँगै नेपाली कांग्रेस, एमालेका विद्रोही सांसदको समर्थनले उनको पद जोगिएको थियो। त्यही बेलामा कांग्रेससँग ६-६ महिना सरकार चलाउने सहमति भएको सार्वजनिक भएको थियो। साेही अनुरूप इमानकाे राजनीति जाेगाउन भन्दै उनले हिजाे पदबाट राजीनामा दिएका हुन्। 

याेसँगै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णालीका नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएकाे छ। कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका ३ सांसद छन्।

कात्तिक १६, २०७८ मंगलबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।