प्रदेश १ मा नयाँ मुख्यमन्त्री : भोलि १ बजेसम्म दाबी पेस गर्ने समय 

प्रदेश १ मा नयाँ मुख्यमन्त्री : भोलि १ बजेसम्म दाबी पेस गर्ने समय 

इटहरी : प्रदेश १ मा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आव्हान भएको छ।

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि दिउँसो १ बजेसम्मको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आव्हान गरेका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए। 

दुई व दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर दाबी पेस गर्न आव्हान भएको उनले बताए। मुख्यमन्त्री भीमप्रसाद आचार्यले आजै पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गरेर नयाँ मुख्यमन्त्रीका लागि आव्हान भएको हो।

कात्तिक १५, २०७८ सोमबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।