राजीनामा बुझाउन मुख्यमन्त्री आचार्य प्रदेश प्रमुखको कार्यालयमा

इटहरी : प्रदेश १ को प्रदेश सभा बैठकमा राजीनामा दिने घोषणा गरेका मुख्यमन्त्री भीमप्रसाद आचार्य प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
आचार्य राजीनामा बुझाउन प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको कार्यकक्षमा पुगेका हुन्।
आचार्य भरखरै पुगेका र उनले राजीनामा बुझाएपछि नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आव्हान हुने प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए।
‘मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत भएपछि नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आव्हान हुन्छ,’उनले भने।
कात्तिक १५, २०७८ सोमबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।