प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यले गरे राजीनामाको घोषणा

प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यले गरे राजीनामाको घोषणा

इटहरी : प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेका छन्। विश्वासको मतका लागि बसेको प्रदेश सभामा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन्।

एमालेमा माधव कुमार नेपाल पक्षमा रहेका आचार्य अन्तिम अवस्थामा केपी ओली समूहमा गएर प्रदेश १ को मुख्यमन्त्री बनेका थिए। एमाले विभाजनपछि सत्ता गठबन्धन दलले प्रदेशमा एकीकृत समाजवादी दलका तर्फबाट राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेका छन्।

उनले आफ्नो दलसँग बहुमत नभएकाले राजीनामाको घोषणा गरेको बताएका थिए। अब बन्ने सरकारका लागि शुभकामना दिँदै उनले सरकारको कामको गुण र दोषको आधारमा समर्थन र विरोध हुने बताएका थिए।

उनले राजीनामाको घोषणा गरेपछि विश्वासको मतको प्रक्रिया अगाडि बढाउनु परेन। सभामुखले कात्तिक २३ गतेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेर मुख्यमन्त्री नियुक्तिको प्रक्रिया भने लम्ब्याएका छन्।

कात्तिक १५, २०७८ सोमबार १४:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।