आइपिओ जारी गर्दै अभियान लघुवित्त

आइपिओ जारी गर्दै अभियान लघुवित्त

काठमाडौँ : अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि ९ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ। शनिवार सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारण सभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो।

अब संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ। आइपिओ जारी पश्चात् संस्थाको चुक्ता पुँजी २५ करोड पुग्नेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै अन्य इजाजत–पत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय सन्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति-समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, वार्ता गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क समक्ष निवेदन दिने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ।

कात्तिक १५, २०७८ सोमबार १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।