विश्वकपमा आज इंग्ल्याण्ड र श्रीलंका भिड्ने

विश्वकपमा आज इंग्ल्याण्ड र श्रीलंका भिड्ने

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा आज एक खेल मात्र हुनेछ। आज इंग्ल्याण्ड र श्रीलंका एकापसमा भिड्नेछन्। 

दुबईकाे सारजाह क्रिकेट मैदानमा साँझ ७:४५ बाट खेल सुरु हुनेछ। 

इंग्ल्याण्ड हाल ३ खेलमा ३ जीतसहित अंकतालिकामा शीर्ष स्थानमा छ। श्रीलंका भने ३ खेलमा एक जीत र २ हारसहित अंकतालिकामा चाैथाे नम्बरमा छ।  

आजकाे खेलमा जीत हासिल गरेमा इंग्ल्याण्डकाे सेमिफाइनल यात्रा लगभग टुंगाे लाग्नेछ। 

कात्तिक १५, २०७८ सोमबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।