'जाेकर'काे मुखुण्डाे लगाएर रेलभित्र आक्रमण गर्दा १७ जना घाइते

'जाेकर'काे मुखुण्डाे लगाएर रेलभित्र आक्रमण गर्दा १७ जना घाइते

एजेन्सीः जापानकाे टाेकियाे शहरकाे एक भूमिगत रेलमा आक्रमण हुँदा १७ जना घाइते भएका छन्। ब्याटम्यान चलचित्रकाे जाेकर पात्रकाे मुखुण्डाे लगाएका एक २४ वर्षीय व्यक्तिले आक्रमण गरेका हुन्।

उनलाई हाल प्रहरीले पक्राउ गरिसकेकाे छ। उनले चक्कुले रेलका यात्रुलाई आक्रमण गरेकाे बताइएकाे छ। 

टाेकियाे अग्नि नियन्त्रण विभागका अनुसार घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे छ। एक वृद्धलाई ढाडमा चक्कुले प्रहार गरेपछि उनी बेहाेस भएका छन्। 

घटनापछि रेल आकस्मिक राेकिँदा थुप्रै यात्रुहरू झ्यालबाट भागेका थिए।  

कात्तिक १५, २०७८ सोमबार १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।