मेस्सी किन फर्किन चाहन्छन् बार्सिलाेना ?

मेस्सी किन फर्किन चाहन्छन् बार्सिलाेना ?

एजेन्सीः पेरिस साएन्ट जर्मन क्लबका स्टार खेलाडी लियाेनल मेस्सीले हालै आफू बार्सिलाेना फर्कन चाहेका अभिव्यक्ति दिएका थिए। उनकाे अभिव्यक्तिले अहिले फुटबल जगतमा एक खाले तरङ ल्याएकाे छ। 

तर हल्ला भए जस्ताे मेस्सी बार्सिलाेनामा खेलाडीका रूपमा फर्कन भने चाहेका हाेइनन्। उनी खेल जीवनबाट सन्यास लिएपछि भविष्यमा टेक्निकल सेक्रेटरीकाे भूमिकामा बार्सिलाेना फर्किन चाहेका हुन्। 

मेस्सीले क्लबकाे व्यवस्थापकीय पक्षलाई नेतृत्त्व गर्ने इच्छा व्यक्त गरेका छन्। 'हाे, मैले सधैं भन्ने गरेकाे छु कि मलाई बार्सिलाेना फर्केर क्लबलाई जुनसुकै हैसियतमा भए पनि सहयाेग गर्न मन छ', मेस्सीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दिएकाे अभिव्यक्ति हाे याे।

मेस्सीले बार्सिलाेनामा आफ्नाे महत्त्वपूर्ण २१ वर्ष बिताए। यही क्लबबाट उनले आफूलाई विश्वकै सर्वश्रेष्ठ खेलाडीकाे रूपमा स्थापित गरे। यसैकारण मेस्सीकाे बार्सिलाेनासँग भावनात्मक सम्बन्ध छ। उनले आफूलाई गुण लगाउने क्लबलाई भविष्यमा सहयाेग गर्ने बताएका हुन्।  

यद्यपि केही महिनाअघि उनी क्लब छोड्न बाध्य भएका थिए। बार्सिलाेना आर्थिक संकटमा परेका कारण मेस्सीको सम्झाैता अद्यावधिक गर्न सकेकाे थिएन। 

कात्तिक १५, २०७८ सोमबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।