कुल १४ गोल खाएर टुङ्गियो एएफसी यु–२३ एसियन कप यात्रा

कुल १४ गोल खाएर टुङ्गियो एएफसी यु–२३ एसियन कप यात्रा

काठमाडौं: एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा नेपालले एक खेल पनि नजिती प्रतियोगिता टुङ्ग्याएको छ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आइतबार भएको समूह बी को अन्तिम खेलमा नेपाल लेबनानसँग ४-० ले पराजित भयो।

नेपालले पहिलो दुई खेल गुमाइसकेको थियो। लेबनानका जेइन फरहानले दुई गोल गरे। मोहमद नासिर र मोहमद हेइदरले समान एक गोल गरेका थिए।

नेपाललाई पराजित गरेसँगै लेबनान समूह ‘बी’ को तेस्रो स्थानमा पुगेको छ। यसअघि नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० ले पराजित भएको थियो। प्रतियोगिताको तीन खेलमा नेपालले १४ गोल खाएको थियो। 

कात्तिक १४, २०७८ आइतबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।