राजेन्द्र राइलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन गठबन्धन सहमत

राजेन्द्र राइलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन गठबन्धन सहमत

विराटनगर : विपक्ष गठबन्धनमा रहेका नेपाली काँग्रेस र एकीकृत समाजवादीबिच प्रदेश १ को मुख्यमन्त्रीमा सहमति भएको छ। आइतबार बसेको विपक्षी गठबन्धनको बैठकमा मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अघि बढाउने सहमति भएको हो।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबिच भएको बैठकमा राइको नाममा सहमति भएको हो।

मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। बैठकले आचार्यको विपक्षमा मतदान गर्ने र राइलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय भएको हो।

काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गर्दै आएको छ। तर यस विषयमा भने कुनै निर्णय भएन।

प्रदेश १ मा ९२ सांसद छन्। नेकपा एमालेसँग ४१, काङ्ग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक सांसद छन्। एक सांसद रहेको राप्रपा कतै खुलेको छैन।

कात्तिक १४, २०७८ आइतबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।