ब्याटलाई बन्दुकझैँ समात्दा विवादमा पाकिस्तानी क्रिकेटर आसिफ

ब्याटलाई बन्दुकझैँ समात्दा विवादमा पाकिस्तानी क्रिकेटर आसिफ

पाकिस्तान र अफगानिस्तानबिचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका अलीले चार वटा छक्का हानेका थिए। उनको तस्बिर भाइरल भयो। सो तस्बिरले श्रीलङ्काका लागि अफगानिस्तानका राजदूत एम अशरफ हैदरीको चित्त दुखेछ।

उनले पाकिस्तानलाई कडा चुनौती दिएको अफगानिस्तानका खेलाडीतिर ब्याटलाई बन्दुक जस्तै गरी समातेर अलीले आक्रामकता देखाएको र यो शर्मनाक काम भएको भन्दै ट्विट गरे। उनले खेल स्वस्थ प्रतिस्पर्धा, मित्रता र शान्तिसँग जोडिएको भन्दै लेखेका छन्' युद्धका लागि पनि समय आउँछ।'

अफगानिस्तानका राजदूतको प्रतिक्रिया आउनु अगाडि नै उनको सो तस्बिर भाइरल भइसकेको थियो र मिश्रित प्रतिक्रिया आइरहेका थिए। कतिले उनको आलोचना गरेका छन् भने कतिपयले यसलाई सामान्य रूपमा लिनुपर्ने प्रतिक्रिया दिइरहेका छन्।

पाकिस्तानको पत्रिका डनका खेल पत्रकार अब्दुल गफ्फारले भारतीय क्रिकेटर एमएस धोनीको उस्तै शैलीको तस्बिर पोस्ट गर्दै श्रीलंकाविरुद्ध जयपुरमा खेलिएको खेलमा उनले पनि उस्तै एक्सन गरेको भनेका छन्।

उनले ट्विटमा लेखेका छन्' धोनीले पनि श्रीलंकाविरुद्धको खेलमा यस्तै गरेका थिए। श्रीलङ्का समझदार छन्। अनि उनीहरू क्रिकेटको भावनालाई राम्रोसँग बुझ्छन्। खेलसँग राजनीतिलाई नमिलाउनुस्।'

कात्तिक १४, २०७८ आइतबार १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।