फोहोर उठेन भन्दै वडा अध्यक्षहरू नै आन्दोलनमा

फोहोरले जनकपुर बजार दुर्गन्धित बनेको भन्दै वडाध्यक्षहरू जानकीराम साह, दीपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंहलगायत विरोधमा उत्रिएका हुन्। दीपावली छठका बेला पनि फोहोर नउठाएपछि आफूलाई आन्दोलन गर्नु परेका वडाध्यक्ष दीपेन्द्र साहले बताए।
आन्दोलित वडाध्यक्षहरूले आइतबार ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका थिए। प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरू केही समय धर्नासमेत बसेका थिए।
जनकपुरधामका मेयर लालकिशोर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएको र सरसफाइको नाममा करोडौँ रुपैयाँ खर्च गरे पनि फोहरको व्यवस्थापन वडाध्यक्षहरूको आरोप छ। उनीहरूले फोहरको चाडै व्यवस्थापन नभए आफूहरूले मेयरलाई कालो मोसो दल्ने चेतावनी समेत दिएका छन्।
-न्युज कारखाना
कात्तिक १४, २०७८ आइतबार १९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।