बैङ्किङ बाहेक सबै उपसमूहमा हरियाली, नेप्से ५५ अङ्कले बढ्यो

साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से ५५.५० अङ्कले बढेर २८३७.६१ बिन्दुमा कायम भएको छ।
२२३ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँको कारोबार भएको छ।
बैङ्किङ उपसमूह बाहेक सबै समूहमा हरियाली छाएको छ। बैङ्किङ उपसमूह २.९६ अङ्कले घटेको छ।
सबै भन्दा धेरै निर्जीवन बिमा उपसमूहको सेयर मूल्य बढेको छ। यो उपसमूह ६०३ं.०३ अङ्कले बढेको छ। विकास बैङ्क ३३८.२, जीवन बिमा २३०.८ अङ्कले बढेको छ।
कात्तिक १४, २०७८ आइतबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।