राष्ट्रपतिद्वारा बाैद्ध विहारकाे उद्घाटन

राष्ट्रपतिद्वारा बाैद्ध विहारकाे उद्घाटन

जनस्तरबाट सहयोग रकम संकलन गरी नेपालीहरूकै लागतमा बौद्ध विहार बनेकोे हो। नेपाल परम्परागत बौद्ध धर्म संघले नेपाल बज्रयान महाविहार निर्माण गरेको जनाएको छ।

बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले बज्रयान विहारको उद्घाटन गरेकी हुन्। त्यसलगत्तै भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले लुम्बिनी विकासको गुरुयोजनाको हालसम्मको प्रगतिबारे कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसँग पनि जानकारी लिएकी थिइन्।

लगत्तै राष्ट्रपतिले लुम्बिनीमै बनेको अन्तर्राष्ट्रिय सभा हलको समेत अवलोकन गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। लुम्बिनीपछि राष्ट्रपती भण्डारी गौतमबुद्ध विमानस्थलमा बुद्धमुर्ती अनावरण गर्न जाँदै छिन्।

कात्तिक १४, २०७८ आइतबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।