नेपालले आज अन्तिम खेलमा लेबनानकाे सामना गर्ने 

नेपालले आज अन्तिम खेलमा लेबनानकाे सामना गर्ने 

काठमाडाैंः एएफसी यु–२३ एसिया कप छनोटअन्तर्गत आज नेपालले लेबनानको सामना गर्नेछ। यसअघि नै प्रतियाेगिताबाट बाहिरिसकेकाे नेपालका लागि आजकाे खेल औपचारिकता मात्र हुनेछ।

खेल अपराह्न ४ः४५ बाट सुरु हुनेछ। नेपालसँगै लेबनान पनि प्रतियाेगिताबाट बाहिरिसकेकाे छ। यसअघिका दुवै खेलमा लेबनान पराजित भएकाे हाे। इरान र ताजकिस्तानसँगै नेपाल र लेबनान एउटा समूहमा थिए। 

साे समूहबाट इरान र ताजिकिस्तानबीचकाे खेलकाे विजेताले एसियन कप खेल्नेछ। 

कात्तिक १४, २०७८ आइतबार १२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।