विश्वकपमा आज भारत र न्युजिल्याण्ड भिड्दै, १८ वर्षयता आईसीसीको टुर्नामेन्टमा भारत जीतविहीन

विश्वकपमा आज भारत र न्युजिल्याण्ड भिड्दै, १८ वर्षयता आईसीसीको टुर्नामेन्टमा भारत जीतविहीन

काठमाडाैंः आज विश्वकपमा दुई खेल हुँदैछ। पहिलाेमा अफगानिस्तान र नामिबिया भिड्नेछन् भने दाेश्राेमा भारत र न्युजिल्याण्ड भिड्नेछन्।  

अफगानिस्तान र नामिबियाबीचकाे खेल दिउँसाे ३:४५ बाट सुरु हुनेछ। यता भारत र न्युजिल्याण्डबीचकाे खेल भने साँझ ७:४५ बाट सुरु हुनेछ। 

भारत र न्युजिल्याण्डबीचकाे खेल राेचक हुने अनुमान गरिएकाे छ। यी दुई टोलीबीचकाे विजेताले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्नेछ भने हार्ने टोलीलाई सेमिफाइनल यात्रामा कठिनाइ हुनेछ। 

भारतले १८ वर्षयता न्युजिल्याण्डविरुद्ध आईसीसी टुर्नामेन्टमा जीत निकाल्न सकेकाे छैन। सन् २०१९ काे विश्वकप र केही महिनाअघि सम्पन्न वर्ल्ड टेस्ट च्याम्पियनसिपमा भारत न्युजिल्याण्डसँग पराजित भएकाे थियाे। 

टी ट्वेन्टीमा भने यी दुई टोलीबीच हालसम्म १५ खेल खेलिएकाे छ। जसमध्ये भारतले ६ खेलमा विजय प्राप्त गरेकाे छ भने न्युजिल्याण्डले ८ खेलमा विजय प्राप्त गरेकाे छ। एक खेल बराबरीमा सकिएकाे छ। टी ट्वेन्टी विश्वकपमा भने दुई पटक आमनेसामने हुँदा दुवै पटक न्युजिल्याण्ड हावी भएकाे छ। 

दुवै टोली यसअघि भएकाे पहिलाे खेलमा पाकिस्तानसँग पराजित भएका थिए। 

 

कात्तिक १४, २०७८ आइतबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।