विश्वकपमा अष्ट्रेलियाकाे पहिलाे हार

विश्वकपमा अष्ट्रेलियाकाे पहिलाे हार

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा अष्ट्रेलियाले पहिलाे हार व्यहाेरेकाे छ। गए राति सम्पन्न इंग्ल्याण्डविरुद्धकाे खेलमा अष्ट्रेलिया ८ विकेटले पराजित भएकाे हाे। 

इंग्ल्याण्डका लागि जाेस बट्लरले सर्वाधिक ७१ रन बनाए। उनी नटआउट रहे। 

यस्तै बलिङतर्फ इंग्ल्याण्डका क्रिस जाेर्डनले ३ विकेट लिए। क्रिस वाेक्स र टाइमल मिल्सले २-२ विकेट लिए। 

यता अष्ट्रेलियाका लागि भने कप्तान आराेन फिन्चले ४४ रन बनाउन बाहेक अरू काेही खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। फिल्डिङ, बलिङ र ब्याटिङ तीनै पक्षमा इंग्ल्याण्डले खेलभर दबदबा कायम राख्याे। 

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमै समेटिएकाे थियाे। इंग्ल्याण्डले भने केवल ११ ओभर ४ बलमै लक्ष्य भेटाएकाे थियाे। 

कात्तिक १४, २०७८ आइतबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।