नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौँ आए 

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौँ आए 

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार काठमाडौँ आएका छन्।

एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै अलमुताइरी काठमाडौँ आएका हुन्।  

कात्तिक १० गते प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल सङ्घलाई  मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए।

त्यसपछि उनी आज अन्तर्राष्ट्रिय विमानस्थल झरेका हुन्। उनलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसूदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरे। 

उनको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपबिजेतामा सीमित भएको थियो। फाइनल अघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए।

कात्तिक १३, २०७८ शनिबार २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।