श्रीलङ्का दक्षिण अफ्रिकासँग चार विकेटले पराजित 

श्रीलङ्का दक्षिण अफ्रिकासँग चार विकेटले पराजित 

काठमाडौँ : आइसिसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई हराएको छ। श्रीलङ्का चार विकेटले पराजित भएको हो। 

१४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनायो। दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले सर्वाधिक ४६ रनको योगदान दिए। डेविड मिलर २३ रनमा अविजित रहे।

श्रीलङ्का स्पिनर वानिन्दु हसरंगाले चार ओभरमा ह्याट्रिक सहित  २० रन खर्चेर तीन विकेट लिए। दुश्मन्था चामिराले दुई विकेट लिए।

शारजाहमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्का २० ओभरमा १४२ रनमा अल आउट भएको थियो।

श्रीलङ्काका पाथुम निसांकाले सर्वाधिक ७२ रनको योगदान दिए। दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी, ड्वेन प्रिटियोरेसले समान तीन विकेट लिए।

यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा वेस्टइन्डिजलाई आठ विकेटले हराएको थियो।

कात्तिक १३, २०७८ शनिबार २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।