साधना लघुवित्तले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ : साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
संस्थाको पाँचौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी जम्मा २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जानकारी दिएको छ।
साधारण सभाले संस्थापक समूहबाट आगामी चार वर्षे कार्यकालका लागि कृष्ण बहादुर थापा, डा.नरहरि ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सि.लाई सञ्चालकको रूपमा निर्विरोध निर्वाचित गरेको संस्थाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रेसम न्यौपानेले कोरोना भाइरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भए पनि लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिन सफल भएको दाबी गरे।
विज्ञप्ति अनुसार हाल वित्तीय संस्थाको ९३ बटा शाखा कार्यालयहरूमार्फत ८० हजार भन्दा धेरै घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ।
कात्तिक १३, २०७८ शनिबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।