विश्वकपमा आज दुई खेल: इंग्ल्याण्डले अष्ट्रेलियाकाे सामना गर्ने

विश्वकपमा आज दुई खेल: इंग्ल्याण्डले अष्ट्रेलियाकाे सामना गर्ने

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदैछ। पहिलाेमा दक्षिण अफ्रिका र श्रीलंका भिड्नेछन् भने दाेश्राेमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन्। 

दक्षिण अफ्रिका र श्रीलंकाबीचकाे खेल दिउँसाे ३:४५ बाट सुरु हुनेछ। यसअघि भएकाे दुई खेलमा एक जीत र एक हारसहित दक्षिण अफ्रिका अंकतालिकाकाे तेश्राे स्थानमा छ। यस्तै श्रीलंका पनि एक जीत र एक हारसहित अंकतालिकामा रनरेटका आधारमा चाैथाे स्थानमा छ। 

यता इंग्ल्याण्ड र अष्ट्रेलियाबीचकाे खेल साँझ ७:४५ बाट सुरु हुनेछ। यसअघिकाे दुईमध्ये दुवै खेलमा जीत हासिल गरेर इंग्ल्याण्ड अंकतालिकामा शीर्ष स्थानमा छ भने अष्ट्रेलिया पनि दुई खेलमा दुई जीतसहित रनरेटका आधारमा दाेश्राे स्थानमा छ। 

इंग्ल्याण्ड र अष्ट्रेलियाबीचकाे खेललाई निकै महत्त्वका साथ हेर्ने गरिन्छ। यी दुई टोलीलाई क्रिकेटकाे परस्पर प्रतिद्वन्द्वी मानिन्छ। 

कात्तिक १३, २०७८ शनिबार १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।