विश्वकपमा कीर्तिमान: राशिद खान बने सबैभन्दा कम खेलमा एक सय विकेट लिने खेलाडी

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा अफगानिस्तानका युवा खेलाडी राशिद खानले नयाँ कीर्तिमान बनाएका छन्। गए राति भएकाे पाकिस्तानविरुद्धकाे खेलमा दुई विकेट लिएसँगै उनी सबैभन्दा कम खेलमा एक सय विकेट लिने खेलाडी बनेका हुन्।
राशिद खानले माेहम्मद हफिजलाई १० रनमा पभेलियन फर्काएपछि उनले यस्ताे कीर्तिमान बनाएका हुन्। यसअघि सबैभन्दा कम खेलमा सय विकेटकाे कीर्तिमान श्रीलंकाका दिग्गज खेलाडी लसिथ मलिङ्गाकाे नाममा थियाे। मलिङ्गाले ७६ खेलमा सय विकेट लिएका थिए।
तर राशिदले केवल ५३ खेलमा एक सय विकेटकाे कीर्तिमान बनाएका छन्। राशिद र मलिङ्गापछि याे सूचीमा न्युजिल्याण्डका टिम साउदी र बङ्गलादेशका शाकिब अल हसन रहेका छन्। उनीहरूले क्रमशः ८२ र ८३ खेलमा सय विकेटकाे कीर्तिमान बनाएका छन्।
यस्तै राशिद खान हाल टी ट्वेन्टीमा एक सय एक विकेट साथ सर्वाधिक विकेट लिने बलरमा तेस्राे स्थानमा छन्।
कात्तिक १३, २०७८ शनिबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।