पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५००

पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५००

काठमाडाैंः पेट्राेलियम पदार्थकाे मूल्यमा पुनः वृद्धि भएकाे छ। शुक्रबार मध्यरातिबाट लागू हुनेगरी पेट्राेल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धनकाे मूल्यमा वृद्धि भएकाे हाे। 

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य १३० बाट बढाएर प्रतिलिटर १३३ रुपैयाँ पुर्याइएकाे छ। डिजेलकाे मूल्य ११३ बाट बढाएर प्रतिलिटर ११६ रुपैयाँ पुर्याइएकाे छ। यस्तै मट्टीतेलकाे मूल्य पनि प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ।

यता खाना पकाउने ग्यासमा पनि मूल्य वृद्धि भएकाे छ। ग्यासकाे मूल्यमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरी १५०० रुपैयाँ बनाइएको छ।

आयल निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार पेट्राेलियम पदार्थमा मूल्य वृद्धि गरेकाे जनाएकाे छ। 

यस्तै आन्तरिक तथा बाह्य हवाई इन्धनमा पनि मूल्य वृद्धि गरी प्रतिलिटर ९६ रुपैयाँ कायम गरिएकाे छ।

कात्तिक १३, २०७८ शनिबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।