इन्धनको मूल्य बढ्यो : ग्यास १५ सय पुग्यो, पेट्रोल १३३

इन्धनको मूल्य बढ्यो : ग्यास १५ सय पुग्यो, पेट्रोल १३३

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन र ग्यासमा मूल्य बढाएको हो।

डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँले बढाएको छ। अब यी इन्धनको मूल्य १ सय १६, १ सय ३३ र १ सय १६ रुपैयाँ प्रतिलिटर पुगेको छ।   

आन्तरिक हवाई इन्धनको मूल्य १० रुपैयाँ प्रतिलिटर बढाएर ९६ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोमिटर ८ सय ५३ डलर कायम गरिएको छ। खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५० बढाएर १ हजार ५ सय रुपैयाँ पुर्याइएको छ। 

कात्तिक १२, २०७८ शुक्रबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।