बंगलादेशविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जीत

बंगलादेशविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जीत

काठमाडौँ : आइसिसी ट्वान्टी२० विश्वकपमा वेस्ट इन्डिजले बङ्गलादेशलाई तीन रनले हराएको छ। लगातार २ खेल गुमाएको उसले तेस्रो खेल जितेको हो।

टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४२ रन जोडेको थियो।

निकोलस पुरनले सर्वाधिक ४० रन बनाएका थिए। उनले २२ बलमा १ चौका र ४ छक्का प्रहार गरे। काइरन पोलार्ड १४ रनमा अविजित रहे। रोस्टन चेशले ३९ रन जोडेका थिए। इविन लेविस ६ रनमा आउट भए भने क्रिस गेलले ४ रन मात्र बनाउन सके।

शिम्रन हेटमायरले ९ बनाएका थिए। आन्द्रे रसेल एक बल पनि नखेली आउट भए। माहेदी हसन, शोरिफुल इस्लाम र मुश्ताफिजुर रहमानले २-२ विकेट लिएका थिए।

बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३९ रन मात्र जोड्यो। बङ्गलादेशका लिटन दासले सर्वाधिक ४४ रन बनाएका थिए। उनले ४३ बलमा ४ चौका प्रहार गरेका थिए। कप्तान महमूदुल्लाह रियाद ३१ रनमा अविजित रहे। अन्तिम ६ बलमा बङ्गलादेशलाई १३ रन चाहिएको थियो। तर आन्द्रे रसेलले ९ रन मात्रै दिए।

बङ्गलादेशका ओपनर मोहम्मद नईम १७ र सौम्य सरकार १७ रनमा आउट भएका थिए। सकिब अल हसन ९ र मुश्फिकुर रहिम ८ रन बनाएर आउट भएका थिए।

वेस्ट इन्डिजका बलर रवि रामपाउल, ड्वेन ब्राभो, अकिल हुसैन, आन्द्रे रसेल र जेसन होल्डरले १–१ विकेट लिएका थिए। बेस्ट इन्डिजसँगको हारसँगै बङ्गलादेशले तेस्रो खेल पनि गुमाएको छ। योसँगै सुपर १२ मा पुग्ने उसको बाटो कठिन बनेको छ।

कात्तिक १२, २०७८ शुक्रबार २०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।