फूलमा आत्मनिर्भर हुने सङ्कल्प गर्न अर्थमन्त्रीले गरे आग्रह

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले अर्को वर्षदेखि फूल आयात नगर्ने सङ्कल्पका साथ अगाडि बढ्न पुष्प व्यवसायीहरूलाई आग्रह गरेका छन्।
केही प्रतिशत अन्य मुलुकबाट बर्सेनि फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई सङ्कल्प गर्न उनले आग्रह गरेका हुन्।
१४ औँ गोदावरी पुष्प प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रमा टेवा पुर्याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको महत्त्व रहेको बताए।
यसलाई बढी आम्दानी हुन सक्ने नगदे बाली वा खेतीको रूपमा लिनुपर्ने उनको भनाई थियो।
कात्तिक १२, २०७८ शुक्रबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।