विश्वकपमा आज दुई खेल हुँदै, पाकिस्तान तेश्राे जीतकाे खाेजीमा

काठमाडाैंः विश्वकपअन्तर्गत आज दुई खेल हुने भएकाे छ। पहिलाेमा वेस्ट इण्डिज र बङ्गलादेश भिड्दैछन् भने दाेश्राेमा पाकिस्तान र अफगानिस्तान भिड्दैछन्।
वेस्ट इण्डिज र बङ्गलादेशबीचकाे खेल दिउँसाे ३:४५ बाट सुरु हुनेछ। बङ्गलादेश र वेस्ट इण्डिज दुवैले सुपर १२ मा अहिलेसम्म एक खेल पनि जित्न सकेका छैनन्। यी दुवै टोली समूह १ काे अंकतालिकामा पुछारमा छन्।
यस्तै आजै पाकिस्तान र अफगानिस्तानबीच पनि खेल हुनेछ। साँझ ७:४५ बाट यी दुई टोलीबीचकाे खेल सुरु हुनेछ। पाकिस्तान आफ्नाे सुरुआती दुई खेलमा जीतसहित अंकतालिकामा शीर्ष स्थानमा छ। यता अफगानिस्तान एक खेलमा जीतसहित रनरेटका आधारमा अंकतालिकामा दाेश्राे स्थानमा छ।
अफगानिस्तानले आजकाे खेल जितेमा रनरेटकै आधारमा सेमिफाइनल पुग्ने सम्भावना प्रबल बनाउनेछ भने पाकिस्तानले आजकाे खेल जितेमा सेमिफाइनलमा लगभग स्थान पक्का गर्नेछ।
कात्तिक १२, २०७८ शुक्रबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।