फेसबुकले फेर्‍याे नाम, अब 'मेटा'

फेसबुकले फेर्‍याे नाम, अब 'मेटा'

एजेन्सीः फेसबुकले नाम परिवर्तन गरेकाे छ। फेसबुकले नाम परिवर्तन गर्दै 'मेटा' नाम राखेकाे छ। 

कम्पनीकाे रिब्राण्डिङकाे सिलसिलामा फेसबुकले नाम परिवर्तन गरेकाे हाे। फेसबुकले सामाजिक सञ्जालबाट माथि उठ्दै भर्चुअल रियालिटीकाे क्षेत्रमा पनि पाइला टेकेकाे हुँदा साेहीअनुसार नाम परिवर्तन गरेकाे जनाएकाे छ। नयाँ नामले भर्चुअल रियालिटीकाे क्षेत्रलाई पनि समेट्ने फेसबुककाे दावी छ। 

यद्यपि याे परिवर्तन भने व्यक्तिगत सामाजिक प्ल्याटफर्म जस्तै फेसबुक, इन्टाग्राम र ह्वाटस्एपमा लागू हुँदैन। यी तीनसहित अन्य सामाजिक सञ्जाल रहेकाे प्यारेन्ट कम्पनी फेसबुककाे नाम मात्र परिवर्तन गरिएकाे हाे। 

फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार यसअघिकाे फेसबुक नामले कम्पनीले हाल गरिरहेकाे र भविष्यमा गर्न लागेकाे विभिन्न कामलाई सही ढंगले प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गरिएकाे हाे।

उनका अनुसार मेटा यस्ताे अनलाईन संसार हुनेछ जहाँ मानिसले भिआर हेडसेटकाे मद्दतमा गेम खेल्न, काम गर्न र भर्चुअल वातावरणमा सञ्चार गर्न सक्नेछन्। 

 

कात्तिक १२, २०७८ शुक्रबार ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।